फिलिपिन्समा भदौ १३ देखि २० सम्म आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले दोस्रो चरणमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
प्रारम्भिक टोलीमा परेका ३० खेलाडीबाट संघले १८ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रशिक्षणमा पुलिसले आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा आफ्ना खेलाडीलाई सहभागी हुन नदिएपछि २७ खेलाडीले प्रशिक्षण गरेका थिए।जसबाट ९ खेलाडी बाहिर राख्दै १८ सदस्यीय टोलीको घोषणा गरेको हो।संघले केही दिन प्रशिक्षणपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नेछ ।
नेपालले पहिलोपटक सहभागी जनाउन लागेको च्याम्पियनसिपमा नेपालसहित १२ देश सहभागी हुदैछन।जसअन्तर्गत फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङ छन् ।
यी हुन् दोस्रो चरणमा छनोट भएका १८ खेलाडी
ओपन स्पाइकर : प्रतिमा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना
ब्लकर : सोफिया पुन, सुनीता खड्का, मनिषा चौधरी, उषा विष्ट, कविता भट्ट
ब्याक : रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर
लिफ्टर : अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी
लिबरो : सलिना श्रेष्ठ, सरस्वती जैसी