नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । माओवादी छाडेर एमालेमा गएका नेताहरूले ‘माओवादीको दर्ता खारेजी गरिपाऊँ’ भनी आज आयोग पुगेर उक्त निवेदन दिएका हुन् ।
संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको स्रोतले जनाएको छ । निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुने बताइएको छ ।
माओवादी छाडेर एमाले गएका रामबहादुर थापा बादलनिकट नेताहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न निवेदन दिएका हुन् । माओवादीले लामो समयदेखि महाधिवेशन नगरेकोले उक्त पार्टीको दर्ता खारेज गर्न उनीहरूको माग छ ।