सोमबार पुनः शेयर बजारमा गिरावट, करिब १० अर्बको कारोबार

Bythetruekhabar

२८ असार २०७८, सोमबार ०९:४७ २८ असार २०७८, सोमबार ०९:४७ २८ असार २०७८, सोमबार ०९:४७ #nepse, #nepse market, #nepse update, #share bazar, #share market nepal, #share market update

सोमबार पुनः शेयर बजारमा गिरावट आएको छ । आइतबार ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा रोकिएको नेप्से सोमबार पुनः ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ८.६२ अंकले घटेको छ । कारोबारमा आएका १३ समूह मध्ये म्युचुअल फन्ड बाहेक अरु सबै समूह घटेपनि नेप्सेमा दबाव परेको हो । म्युचुअल फन्ड समूह पनि ०.१६ प्रतिशतले मात्र बढेको छ ।

कारोबार भने आइतबारको तुलनामा बढेको छ । सोमबार २ सय २९ कम्पनीको ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै हिस्सा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको रहेको छ । यस लघुवित्तको ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *