दोहोरो अंकले बढ्यो शेयर बजार

Bythetruekhabar

२९ असार २०७८, मंगलवार १०:३३ २९ असार २०७८, मंगलवार १०:३३ २९ असार २०७८, मंगलवार १०:३३ #nepse, #nepse update, #share bazar, #share bazar update

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ५४ करोड  ६३ लाख बराबरको कारोबार भएको छ । हिजो सोमबार नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा भएको छ । त्यस्तै, सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बंगालादेश बैंकको भएको छ । यस कम्पनीको आज ४५ करोड भन्दा बढीको कारोबार भएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *