नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने

Bythetruekhabar

१ श्रावण २०७८, शुक्रबार १४:०० १ श्रावण २०७८, शुक्रबार १४:०० १ श्रावण २०७८, शुक्रबार १४:०० #asian senior women volleyball

नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन ।

यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।

नेपाल भलिबल संघ एनभीएका महासचिव जितेन्द्र चन्दले कोरोनाका कारण नेपालले सहभागिता जनाउन नपाउने भएको बताए । ‘फिलिपिन्समा ईन्ट्री गर्न नेपाल र भारतलाई ब्यान गरेको छ । आजसम्मको मितिमा दुई देशलाई ब्यान गरेकाले सहभागिता हुन सकेन,’ चन्दले भने, ‘आयोजकले नै ब्यान गरेपछि एभीसीले पनि केही गर्न सक्दैन । कोरोना नै मुख्य कारण हो ।’

नेपालले यस च्याम्पियनसिपका लागि एक महिनादेखि लाखौं खर्च गरेर तयारी गरेकाले खेल्न नपाउँदा घाटा लागेको बताए । एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *