प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

Bythetruekhabar

३ श्रावण २०७८, आईतवार १३:१० ३ श्रावण २०७८, आईतवार १३:१० ३ श्रावण २०७८, आईतवार १३:१० #pm deuba, #Pm sher bahadur deuba, #prime minister oli, #prime minister sher bahadur deuba

संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो ।

अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका राम्रा कामहरु आफूहरुका लागि पाठ हुने भन्दै राम्रा कामलाई निरन्तरता दिने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने र त्यसको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *