सन्दीपले खेल्ने द हन्ड्रेड बारे १० जानकारी !

Bythetruekhabar

४ श्रावण २०७८, सोमबार १२:२२ ४ श्रावण २०७८, सोमबार १२:२२ ४ श्रावण २०७८, सोमबार १२:२२ #cricketer sandip, #sandeep lamichhane, #sandip, #sandip lamichhane

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय) बलको प्रतियोगिता बिहिबारदेखि सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओभल इन्भिन्सिबल्सबाट खेल्नेछन् । सन्दीपले इंग्ल्यान्डमा पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

द हन्ड्रेड विश्व क्रिकेटमा पहिलो पटक हुन लागेको हुँदा पनि प्रतियोगितालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय विश्व क्रिकेटमा एकपछि अर्को शैलीको क्रिकेट विकास हुँदै आएको छ । द हन्ड्रेडको खेल्ने शैली पनि फरक छ । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका हुन् ।

आगामी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपको लागि इंग्ल्यान्डले खेलाडी छनोटमा यस प्रतियोगिता प्रदर्शनलाई पनि आधार मान्ने छ । बिहिबारदेखि सुरु हुने द हन्ड्रेडबारे १० जानकारी ।

१. सहभागी टोली : प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् ।

२. लिग चरणपछि शीर्ष टोली फाइनमा पुग्ने छ । त्यसपछि दोस्रो र तेस्रो टोलीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन् । एलिमिनेटरको विजेताले फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । अन्य फ्रेन्चाइज लिगमा जस्तो पहिलो र दोस्रो क्वालिफायर हुने छैन । एलिमिनेटर अगष्ट २० र फाइनल अगष्ट २१ मा हुने छ ।

३. एक इनिङ एक सय बलको हुने छ । पावर प्ले सुरुवाती २५ बलको हुने छ । पावर प्लेरमा ३० यार्ड सर्कल बाहिर मात्र दुई फिल्डर राख्न पाइनेछ ।

४. एक बलरले लगातार पाँच वा दश बलसम्म गर्न पाउने छन् । पाँच र दश बल गराउने कप्तानले निर्णय लिने छ । एक बलरले इनिङमा बढीमा २० बल मात्र गर्न पाउँछ ।

५. १० बलपछि एण्ड परिवर्तन हुनेछ । १० बलपछि फिल्ड पनि परिवर्तन हुनेछ ।

६. लिग चरणको खेल टाई भएमा दुवै टोलीले एक एक अंक बाँड्नु पर्ने हुन्छ । एलिमिनेटर र फाइनलको खेल टाई भएमा सुपर पाईभ (पाँच बल) को खेल हुनेछ ।

७. एलिमिनेटर र फाइनलमा सुपर फाईभ टाई भएमा अर्को सुपर फाईभ हुने छ । तर दोस्रो सुपर फाइभ पनि टाई भएमा भने लिग चरणको प्रदर्शनको आधारमा विजेता निर्धारण गरिने छ ।

८. एक खेल दुई घण्टा तीस मिनेटमा सकिने छ । इंग्ल्यान्डको घरेलु क्रिकेटमा पहिलो पटक डिआरएस (डिसिजन रिभ्यु सिस्टम) लागु हुनेछ । बलरको नो बलमा थर्ड एम्पायरले निरन्तर निगरानी गर्नेछन् ।

९. खेलको समयमा प्रशिक्षक मैदानको बीचमा हिँड्न र खेलाडीसँग छलफल गर्न सक्नेछन् । सर्वाधिक रन बनाउने टोलीनै विजयी हुनेछ ।

१०. टाइमआउट दुई मिनेट तीस सकेन्डको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *