धेरैलाई हाम्रो देशका नेताहरुको जीवनशैली कस्तो होला भन्ने जिज्ञासा हुने गर्छ । प्राय सबै नेताहरु गाडी चढेर हिड्ने गर्छन् । कतिपयलाई सरकारको तर्फबाट विलासी सवारी साधन प्रदान गरिएको छ भने कतिपयले आफ्नै सवारी साधन चलाउने गरेका छन् । हामीले यहाँ तीनले चढ्ने गाडीको ब्राण्ड र मूल्यको चर्चा गरेका छौ ।
केपी शर्मा ओली
पूर्वप्रधानमंत्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले करीव तीन करोड दुई लाख मूल्य बराबरको टोयोटा ल्यान्डक्रूजर भिएक्स एटि (Toyota Land Cruiser VX 80 ) चढ्ने गरेका छन् ।
शेर बहादुर देउवा
IMG SOC: Getty images
नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठमा १२-१-१५ रोपनी घर-जग्गा छ । उनी तीन करोडभन्दा बढी मूल्यको ल्याण्डक्रूजर प्राडो भीएक्स ( Land Cruiser Prado VX) मा सवार हुने गरेका छन् ।
प्रचण्ड
प्रचण्ड नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । उनका अनुसार उनीसंग्ग घर जग्गा छैन । उनी लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका थिए । जसको एक महिनाको भाडा एक लाख पाँच हजार बताईएको थियो । यधपी हाल भने प्रचण्ड खुमलटारमा बस्छन् । उक्त घर प्रचण्डले किनेका हुन् या भाडामा बसेका हुन् भन्ने अझै खुलाइएको छैन । सवारी साधनको कुरा गर्ने हो भने प्रचण्ड दुई करोड असी लाखभन्दा बढी मूल्य पर्ने ल्याण्डक्रूजर प्राडो टीएक्स ( Land Cruiser Prado TX ) चढ्ने गर्दछन् ।
झलनाथ खनाल
नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्, झलनाथ खनाल । एक रोपनी जग्गा, चार तलाको घर भएको दाबी गर्ने खनालसंग भने डेढ करोड देखी दुई करोड पर्ने ल्याण्डक्रूजर प्राडो ( Land Cruiser Prado ) छ ।
प्रदिप ज्ञवाली
प्रदीपकुमार ज्ञवाली नेपाली बाम राजनीतिज्ञ तथा पूर्वपरराष्ट्र मन्त्री हुन् । कतै कुनै पनि काण्डमा नमिचिएका ज्ञवाली नेकपा एमालेकै प्रभावशाली नेता हुन् । उनले चड्ने सवारी साधनको कुरा गर्ने हो भने उनी मर्सिडीज बेंज इक्लास ( Mercedes Benz E-class ) मा घुम्ने गरेका छन् । जसको मूल्य दुई करोड तीस लाख छ ।
गोकुल प्रसाद बास्कोटा
गोकुल प्रसाद बास्कोटा एक नेपाली राजनीतिज्ञ हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्री समेत रहेका थिए । बास्कोटा डेढ करोड देखी दुई करोड मूल्य रहेको ल्यान्डक्रूजर प्राडो जीएक्सएल (Land Cruiser Prado GXL) चढ्ने गर्दछन् ।