श्रावण अर्थात नेपाली पात्रोको चौथो महिनामा धार्मिक महत्व छ । खानपानमा होस् वा पहिरनमा, श्रावण महिनाले बेग्लै स्वाद र रंग पस्कन्छ । धार्मिक दृष्टिले श्रावण आफैमा पवित्र महिना मानिन्छ । हिन्दू पौराणिक कथामा यसलाई भगवान शिवको महिना मानिन्छ । यतिबेला धेरैले माछा-मासु, मदिराजन्य खानपान गर्दैनन् । मन्दिर धाउने, पूजाआजा गर्ने, गेरु बस्त्र धारण गर्ने, ‘ओम नमः शिवया’ जप्ने यहि महिनामा हो । श्रावणमा गेरु बस्त्र धारण गरेर ‘बोलबम’ अलाप्दै हिँड्नेहरुको लस्करसमेत देखिन्छ । यस महिनालाई तीज, दशै र तिहार जस्ता प्रमुख हिन्दू चाडपर्वको सुरुवातको रूपमा पनि लिईन्छ ।
सदियौ देखिनै नेपाली महिलाहरुले श्रावण महिनालाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर श्रावण मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ । बर्षा, प्रेम र झरीको सँगम रहने श्रावण महिना अन्तर्गत हिन्दू नारीको सवालमा धार्मिक आख्यानमा जे जस्तो भाव व्यक्त गरिए पनि सौभाग्य एवम् संस्कृतिको लागि मात्र होइन, फेसनको प्रारुपमा भए पनि यो महिनामा हरिया भेषभूषामा सजिएका हरियो चुरा र मेहेन्दी लगाएका महिलाहरु शिव मन्दिरहरु मात्र नभएर शहरबजारमा समेत देख्न पाइन्छ । अझ कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउने गरेको पक्षलाई हेर्ने हो भने यो पक्ष फेसनको रुपमा बढ्दै गएको र फेसनकै कारणबाट भए पनि चाडवाडसङग जोडिएको हाम्रो संस्कृतिको जर्गेनाका लागि केहि सहजता भएको बोध गर्न सकिन्छ ।
यस परम्परालाई कायम राख्न नेपालमा र नेपाल बाहिर रहेका नेपालीहरुले बिभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् । हाल कोरोनाले असर पारे पनि बेला बखतमा हुने यस्ता कार्यक्रम अहिले भर्चुअल रुपमा संचालन हुने गरेका छन् ।
यसै सन्दर्भमा विनर्स सर्कलले मेहेन्दी प्रतियोगिता आयोजना गरेको छ । अस्ट्रेलियाको सिड्नीमा रहेको विनर्स सर्कल मिडियाले श्रावण महिनालाई लक्षित गर्दै विशेष महिलाहरुका लागि मेहेन्दी प्रतियोगिता आयोजना गरेको हो । जहाँ महिला सहभागीहरूले आफुले मेहेन्दी लगाएका फोटोहरू पठाउन सक्दछन् र विनर्स सर्कल मिडियाको फेसबुक र इन्स्टाग्राम पृष्ठमा फिचर हुन सक्दछन् ।
प्रमुख प्रायोजकमा प्रिमो एजुकेशन र भिसा सेवा रहेको यस प्रतियोगितामा उत्कृष्ट फोटोलाई प्रायोजकको तर्फबाट २०० अस्ट्रेलियन डलरको साथमा अन्य पुरस्कारहरु पनि प्रदान गरिने बताइएको छ । त्यस्तै उत्कृष्ट टप तिनको लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
यस प्रतियोगीतामा विनर्स सर्कल-टीएएस, वीआईपी नेपाल अष्ट्रेलिया, हक इनसाइट, औसलैंड, जय हो हेयर एण्ड ब्यूटी सलाेन, रकडेल, असन बजार, लुजा हेयर एण्ड ब्यूटी सलाेनको बिशेष सहयोग रहने छ । मीडिया पार्टनरमा भने द ट्रु खबर र प्रोजेक्ट नेपलिज स्टोरिज हुने छन् । प्रतियोगितामा सहभागी हुन चाहनेले निम्न नियम र सर्तहरू पालना गर्नु पर्ने हुन्छ ।
विनर्स सर्कल मेहेन्दी प्रतियोगिताका नियम र सर्तहरू,
१. सहभागीले मेहेन्दी लगाएको दुई फोटोहरू पठाउनु पर्दछ । जसमध्ये कम्तिमा पनि मेहेन्दी लगाएको हात र अनुहार सँगै हुनुपर्दछ।
२. प्रति व्यक्ति एक एण्ट्रि मात्र स्वीकार गरिनेछ ।
३. सबै सहभागीहरु विनर्स सर्कल मिडियाको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममा चित्रित हुनेछन् ।
४. फीचर गरिएको पोष्टलाई फेसबुक र इन्स्टाको लाईकको आधारमा बिजेता घोषणा गरिने छ ।
५. विजेताले प्रायोजकबाट २०० डलर नगद पुरस्कार पाउने छन् ।
६. शीर्ष तीन सहभागीहरुले ‘जय हो हेयर एण्ड ब्युटी’ को तर्फबाट सबै प्रकारका हेयर एण्ड ब्युटी सेवामा ५० % छुट पाउनेछन् ।
७. विजेतालाई असन बजार र लुजा ब्युटी सलोनबाट १५० डलरको गिफ्ट कार्डहरू प्रदान गरिनेछ ।
८. श्रावणको अन्त्यमा आवेदन बन्द हुनेछ ।
९. सबै आवेदनहरू ईमेल मार्फत पठाउनु पर्दछ ।
ईमेल: thewcmedia@gmail.com