अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा

Bythetruekhabar

८ श्रावण २०७८, शुक्रबार ११:२८ ८ श्रावण २०७८, शुक्रबार ११:२८ ८ श्रावण २०७८, शुक्रबार ११:२८ #australia corona, #australia lockdown, #sydney

कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार सिड्नीमा पछिल्लो २४ घण्टामा १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।

सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो । एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *