मोह लाल श्रेष्ठ किड्नी प्रत्यारोपणका निम्ति उठाइएको रकम हस्तान्तरण गरियो(भीडियो सहित)

Bythetruekhabar

१० श्रावण २०७८, आईतवार ०२:०२ १० श्रावण २०७८, आईतवार ०२:०२ १० श्रावण २०७८, आईतवार ०२:०२

नमो बुद्द नगरपालिका वडा नं २ निवासी ३३ बर्षीय मोह लाल श्रेष्ठको दुवै मिर्गैला फेल भई हाल सुमेरू अस्पताल ललितपुरमा उपाचाररतहुनुहुन्छ । उहॅाको आर्थिक अवस्था निकै नाजुक भएको , घरमा दुई सन्तान स्कुल जाने र उनको हेरचाह उनको श्रीमतीले गर्दै हुनुहुन्छ । 

उनको बचत र सबै जमापॅुजी डायलासिस मै खर्च भइसकेको र थप धनराशि आवश्यक रहेको उनको भतिजले The True खबर सॅगकुराकानीका  क्रममा बताउनुभयो । डाक्टरहरूको अनुसार उनलाई हप्तामा २ चोटी हेमोडायलेसीस  गर्नु पर्नेछ र यथाशिघ्र मृगौलाप्रत्यारोपण गर्नुपर्ने कुरा डाक्टरहरूको छ । समयमै मृगौला प्रत्यारोपण नगरे उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी पनिडाक्टरहरूले दिसकेको छन्।

मानिस जन्मिएपछि रोग लाग्ने नै हुन्छ र सो रोग सॅग लडि त्यसलाई जितेर अघि बढ्नुपर्छ । तर विभिन्न बाधाहरू पनि आउॅछ , त्यस मध्यआर्थिक स्थिति प्रमुख वाधा बन्न पुग्छ । नेपालमा स्वास्थ्य सुविधा निकै नै महॅगो रहेको छ । 

यस पवित्र काम हेतु अस्ट्रेलिया स्थित चर्चित फेसबुक ग्रुप Winners Circle को साथ र सहयोग रहेको थियो ।

उहॅाको उपचारको निम्ति  अष्ट्रेलियामा जम्मा भएको $२३६५ अर्थात नेपाली रू २,१३,१०० पीडित मोह लाल श्रेष्ठको हातमा पुगीसकेकोछ । सो रकम संकलक मनोज श्रेष्ठले आफ्नो दाजु मार्फत पठाउनुभएको छ ।

video File: Cash handed to moh lal shrestha

अष्ट्रेलियामा रहनुभएका सहयोगी साथीहरूलाई मोह लाल श्रेष्ठले  धन्यवाद ज्ञापन गर्नुभएको र आफु पनि यहॅाहरूप्रति कृतज्ञ रहेको कुरामनोज श्रेष्ठले The True Khabar लाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *