यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सहित ५ जना विरुद्ध मुद्दा दायर

Bythetruekhabar

२० मंसिर २०७८, सोमबार १३:०२ २० मंसिर २०७८, सोमबार १३:०२ २० मंसिर २०७८, सोमबार १३:०२

राजश्व अनुसन्धान विभागले यादब बिजनेश ट्रेड लिङ्कका प्रोपराइटर सोनालालप्रसाद यादब समेत जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ लगायत ५ जना विरुद्ध उच्च अदालत, पाटन, ललितपुरमा मंसिर २० गते मुद्दा दायर गरेको छ । बिजनेश ट्रेड लिङ्कले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको जनाउदै विभागले २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ माग दाबी सहित मुद्दा दर्ता गराएको हो ।

ट्रेड लिङ्कले नक्कली विजक खरिद गरी ४ करोड ३१ लाख १९ हजार २६ रुपैयाँ मुल्य अभिवृद्धि कर (भ्याट) तथा ७ करोड ८९ लाख ४२ हजार २०७ रुपैयाँ आयकर समेत १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ राजस्व चुहावट गरेको ठहर गरेको छ । उनीहरुबाट १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ विगो असुल गरीे विगोको शत प्रतिशत अर्थात २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ जरिवाना तथा ३ वर्षसम्म कैद सजायको माग दाबी गरी अभियोग पत्र दायर गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *