स्याङ्जाको वालिङ नगरपालिका ८ केदारनाथ मन्दिर नजिकै ट्याक्टरबाट खसेर आज बिहान एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङ् तर्फ जाँदै गरेको लु ४ त ९१ ६० का कामदार वालिङ नगरपालिका ८ क्याम्पस रोडका २७ बर्षिय विशाल केतसिको खसेर मृत्युु भएको हो । प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मृत्युु भएको वडा प्रहरी कार्यलय वालिङले जनाएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।