अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले दुई वर्षका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गरेका छन् । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो ।
मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् । उनिसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ । पिएसजीले अब चाँडै मेस्सीलाई अौपचारिक रुपमा सार्वजनिक गर्नेछ ।
यसबीच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चलेपनि अौपचारिक रुपमा भने त्यो प्रस्ताव नआएको बुझिएको छ । बार्सिलोनाले अर्जेन्टिनी क्लब नेवेल्स अोल्ड ब्वाइजसँग सहकार्य गर्ने चर्चा चलेपनि त्यसमा मेस्सीले चासो नदेखाएका स्रोतले जनाएको छ ।