संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, शव घरदेखि खोला किनारसम्म

Bythetruekhabar

२१ भाद्र २०७८, सोमबार १८:५७ २१ भाद्र २०७८, सोमबार १८:५७ २१ भाद्र २०७८, सोमबार १८:५७ #all family expired, #groupp murder, #Murder, #sankuwasabha

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।

download 1

प्रहरीका अनुसार ५८ वर्षिय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको छ । हत्या भएकाहरुको विभिन्न स्थानमा शव फेला परेको छ । मृतक तेज बहादुर वर्ष ५८ को घर नजिकै रोडको भित्तामा, उनकी आमा पार्वती वर्ष ८० को घरैमा, श्रीमती मनमाया वर्ष ५६ र बुहारी रञ्जना वर्ष २८ को खोला किनारमा, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को घर माथि खरबारीमा शव भेटिएको एक स्थानीयले जानकारी दिए ।

61363d69b0c74 7

घरमा रहेका सात जनामध्ये बौद्धमान कार्की मात्र सकुशल रहेका छन् । कान नसुन्ने र बोली प्रष्ट नभएका बौद्धमानलाई बिहान उठेपछि मात्र घटना थाहा भएको प्रहरीको भनाइ छ । तेजबहादुरका १० जना परिवार मध्ये जेठो छोरो रमेश मलेसिया र कान्छा छोरा नरेश वैदेशिक रोजगारीमा दुवईमा रहेका छन् । नरेशकी श्रीमती तारा कार्की झापाको दमकमा बस्दै आएका छन् ।

Police kukur

धरानबाट आएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको विशेषज्ञसहितको टोलीले घटना स्थलमा पुगेर साँझबाट अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको बताईएको छ । ​घटना अत्यन्तै रहस्यपूर्ण रहेको भन्दै प्रहरीले जघन्य किसिमका अपराधको सुक्ष्म अनुसन्धानमा परिचालन हुने विशेषज्ञसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान प्रारम्भ गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *