होबर्ट्मा ‘दशैँ धमाका म्युजिक नाईट’

Bythetruekhabar

३० भाद्र २०७८, बुधबार १३:३२ ३० भाद्र २०७८, बुधबार १३:३२ ३० भाद्र २०७८, बुधबार १३:३२ #dashain dhamaka, #musical night

नेपालीहरुको महान् चाड विजया-दशमीको उपलक्ष्यमा विनर्स सर्कल तास्मानियाले ग्लोबल मार्क एजुकेशन एंड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा ‘दशैँ धमाका म्युजिक नाईट’ आयोजना गर्ने भएको छ । यहिँ आउदो अक्टोबर ९ तारिकका दिन तास्मिनियामा रहेका नेपालीहरुलाई एकीकृत गर्ने उदेश्यका साथ सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

“अष्ट्रेलियामा रहनु भएका सम्पूर्ण नेपाली बिद्यार्थीहरुलाई उनिहरुको सांगीतिक करियरमा साथी बन्दै आइरहेको विनर्स सर्कलको सोहि कार्यलाई निरन्तरता दिन तास्मानियामा यो कार्यक्रम गर्न लागिएको छ । आशा छ हामि नयाँ प्रतिभाहरुको साथि बन्न सक्छौ । “ विनर्स सर्कल तास्मिनियाका एड्मिन साजन परियार भन्नुहुन्छ ।

यसै संगै ” नेपालीहरुको महान् चाडको रौनकलाई कायम राख्न, नेपालीमाझ नेपाली संगीत पस्किन र नेपाली व्यवसायीहरु नेपाली बिधार्थीको साथमा छौ भन्नको लागि पनि यो कार्यक्रम महत्वपुर्ण छ । पोस्ट -कोभिड समयमा यस कार्यक्रमले सकारात्मक असर पार्नेमा म विस्वस्त छु। “ ग्लोबल मार्क एजुकेशन एंड भिसा सर्भिसेजका संचालक अरुण चित्रकार बताउनुहुन्छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *