नेपसिड्नी राईडर्सको आयोजनामा ‘बिङ्गो’ कार्यक्रम

Bythetruekhabar

२९ भाद्र २०७८, मंगलवार ०७:३९ २९ भाद्र २०७८, मंगलवार ०७:३९ २९ भाद्र २०७८, मंगलवार ०७:३९

नेपसिड्नी राईडर्स ( युनिटी अफ युथ) ले ‘बिङ्गो’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम प्रत्यक शनिबार बेलुकी ६ :३० मा फेसबुक ग्रुप ‘नेपसिड्नी राईडर्स’ मा प्रत्यक्ष हेर्न सकिने छ ।

स्मार्ट एब्रोर्ड स्टडिज प्रा. लि. को प्रमुख प्रायोजनामा संचालन हुन लागेको यस कार्यक्रमको सह – प्रायोजकमा एभरेस्ट बुचरी, असन बजार, फ्लाईट सर्कल र नेपाल पैसा रहेको छ । यस्तै, कार्यक्रममा औस्ल्याण्ड र विनर्स सर्कल मिडीयाको बिशेष सहयोग रहने छ ।

कार्यक्रममा सहभागी हुने ६० जनालाई नि: शुल्क टिकटको व्यबस्था गरिएको छ । सहभागी नेपसिड्नीको ग्रुपमा आबद्द भएको हुनु पर्नेछ । कार्यक्रममा सहभागी हुनका लागी यहाँ क्लिक गरेर फर्म भर्न सकिनेछ ।हाउसफूललाई एउटा खशी प्रदान गरिने छ । अन्य पुरस्कारहरुमा २० देखि ५० डलरसम्मको रकम साथै ५ के. जी. चामलको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *