औस्पालीको ‘औस्पाली दसै चिठ्ठा’, आईफ़ोन १३ र खशी जित्ने मौका

Bythetruekhabar

३१ भाद्र २०७८, बिहीबार १९:२७ ३१ भाद्र २०७८, बिहीबार १९:२७ ३१ भाद्र २०७८, बिहीबार १९:२७ #auspali, #ausplai dashain chitta

औस्पालीले ‘औस्पाली दसै चिठ्ठा’ को आयोजना गरेको छ । युनिभर्सल थट् कन्सल्टेन्सी (सिडनी)को प्रमुख प्रायोजनमा संचालन हुने यस कार्यक्रममा सहभागी भई आईफोन १३ प्रो म्याक्स र एउटा खसी जित्न सकिनेछ । साथै, एकजनाको जीवन बचाउने मौकासमेत मिल्नेछ ।

सानै उमेरमा रक्त क्यान्सरबाट पिडीत झापाका क्षितिज सम्सोहाङ्ग लिम्बुको जीवन रक्षाका निमित उक्त कार्यक्रम संचालन गरिएको हो । न्यून परिवारमा जन्मेका लिम्बु हाल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत छन् । उनको परिवारलाई आर्थिक सहयोग आवश्यक परेको हुनाले युनिभर्सल थट् कन्सल्टेन्सीले मनोरन्जनसंगै दान कार्य पनि गर्ने उदेश्यका साथ सो कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमबाट हुने नाफाको सम्पूर्ण रकम लिम्बुको उपचारका निमित उनको बुवाआमालाइ सहयोग गरिने औस्पालीका संस्थापक सबिन जङ्ग र एडमिन रबिन खनालले बताएका छन् ।

कार्यक्रमको प्रथम बिजेतालाई आईफ़ोन १३ प्रो म्याक्स १२८ जीबी र दोस्रो बिजेतालाई एउटा खशी प्रदान गरिनेछ । मूख्य प्रायोजकमा सेन्चुरी क्लिनिङ्ग, पेरु रेमिट, एभरेष्ट बुचरी र बर्षास क्लोसेट रहेका यस कार्यक्रमलाई कलर्स अफ नेपालको बिशेष सहयोग रहने छ । त्यसैगरी, ‘औस्पाली दसै चिठ्ठा’ को मिडीया पार्टनरमा द ट्रु खबर र बिश्वपाटि रहने छन् ।

कार्यक्रममा सहभागी हुनका लागी प्रतियोगीले पालना गर्नुपर्ने केही नियमहरु :-

१) प्रत्येक चिठ्ठाको मूल्य ५ डलर हुनेछ र प्रतिव्यक्ति ७ चिठ्ठासम्म मात्र खरिद गर्न सकिनेछ ।
२) ईमेलको माध्यमबाट चिठा प्रदान गरिनेछ भने आवश्यक परेमा प्रमाणिकरणको लागी परिचयपत्रसमेत माग्न सकिनेछ ।
३) चिठ्ठामा दुई नम्बर हुनेछन्, जहाँ एउटा नम्बर प्रतियोगी पक्ष र अर्को नम्बरआयोजक पक्षसँग रहनेछ । अन्तिम दिनमा भने सबै नम्बरहरु मिलाउनु पर्ने हुन्छ ।
४) चिठ्ठा किन्ने समयावधि २१ सेप्टेम्बर २०२१ देखि १० अक्टोबर २०२१ सम्म मात्र रहनेछ । यस्तै ११ अक्टोबरमा लाइभमा लक्की चिठ्ठामार्फत भाग्यशाली प्रतियोगी छनौट गरिनेछ ।
५) अस्ट्रेलियामा बसोबास गर्नेहरुले मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
६) प्रतियोगी अनिवार्य रुपमा फेसबुक ग्रुप ‘औस्पाली – जब्स एण्ड इण्टरटेनमेन्ट’ मा आबद्ध भएको हुनु पर्नेछ ।

७) प्रतियोगीले कार्यक्रमका प्रायोजकहरुको फेसबुक पेज लाईक गरेको हुनु पर्नेछ ।

कार्यक्रमको बारेमा थप जानकारी साथै बैंक विवरण सेप्टेम्बर २० मा अपडेट हुनेछ । कुनै पनि अतिरिक्त जानकारी वा अधिक सेवा अर्थात् प्रायोजकको लागी, ०४०४३४८५२६ मा सम्पर्क गर्नुहुन आयोजक औस्पालीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *