नेपाली कांग्रेस देवदह नगर समिति सभापतिमा गुणाखर भुर्तेलले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल देवदह नगर समितिका सभापति समेत हुन।२०४९ सालमा क्रियाशिल सदस्य लिएका गुनाखर भुर्तेल लोकतन्त्रको रक्षाका लागि आफुले उमेद्धारी घोषणा गरेको भुर्तेलको दाबी छ । उनले जनताको हकहितमा काम गर्न, विकास निर्माणमा हुने वेथिति र भष्ट्रचार रोक्न, नेपाली कांग्रेशलाइ विजयी गराउन, जनताको भावनाको कदर गर्दै हातेमालो गरेर काम गर्न सभापतिको उमेद्धारीको दिएको तर्क गरेका छन ।
‘अहिले देशमा नयाँ परिस्थिति आएको छ ,त्यही अनुरुप पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता छ’,उनले भनेका छन्, नयाँ साथीहरुलाई गोलबन्द गदैृ आगामी निर्वाचनमा सबै निर्वाचनमा विजयी गराउनुपर्ने दायित्वलाई मैले बुझेको छु ।’
उनले नेपाली कांग्रेसको चरित्र नै समावेशी भएको स्मरण गर्दै पार्टीलाई समावेशी बनाउने अभियानमा लाग्ने पनि बताएका छन्।
उनले आफू सभापति भएपछि नयाँ देवदह निर्माणमा पार्टीको अवधारणा प्रस्तुत गर्ने एवं आगामी निर्वाचनमा पार्टीलाई सबै तहमा निर्वाचित गराउने प्रतिवद्धता पनि जनाएका छन् ।