संखुवासभा सामूहिक हत्याकाण्ड : लोकबहादुरका भाइ नरेश पनि पक्राउ

Bythetruekhabar

४ आश्विन २०७८, सोमबार १२:४२ ४ आश्विन २०७८, सोमबार १२:४२ ४ आश्विन २०७८, सोमबार १२:४२ #group murder, #murder case, #murder case update, #sankhuwasabha, #sankhuwasabha murdur case update

संखुवासभा मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइसोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याइएको छ ।

संखुवासभा सामुहिक हत्याकाण्ड : हत्यामा संग्लग्न अभियुक्त सार्वजनिक

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । ‘हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दैछौं’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *