डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस् !

Bythetruekhabar

५ आश्विन २०७८, मंगलवार १५:३६ ५ आश्विन २०७८, मंगलवार १५:३६ ५ आश्विन २०७८, मंगलवार १५:३६ #get rid from pimples, #pimples, #pimples cover, #pimples solution

डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?

  • डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।
  • आफ्नो छाला सुहाउँदिलो फेसवास प्रयोग गर्नुपर्छ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास प्रयोग गर्दा राम्रो हुन्छ ।
  • नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ । अनुहार सफा गर्ने नाममा बारम्बार सफा पनि गर्नुहुँदैन । यसले अनुहारलाई फुस्रो बनाइदिन्छ ।
  • डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ ।
  • डन्डिफोरलाई हातले छुनुहुँदैन । हात फोहोर भएका वेला त झनै छुनुहुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ ।
  • डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानुहुँदैन ।
  • डन्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *