रौतहटमा चिसोले कठ्याङ्गरिएर १ बालिकाको ज्यान गएको छ । फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वाका दमोदर बैठाको दुई बर्षिया छोेरी रमिता बैठाको आईतवार सांझ चिसोले कठ्याङ्गरिएर ज्यान गएको हो । वडामा स्वास्थ्य चौकि नभएकोले बालिकाकी आमाले छोरीलाई काखमा लिएर पैदल तिन किलोमिटर टाढा सन्तपुर स्थित सवास्थ्य चौकिमा खोप लगाउन गएकी थिईन ।
लामोसमय लाईनमा बसेर खोप लगाएर फर्किने क्रममा जाडोले बच्चा सिकिस्त भएको बालिकाको घरमा पुग्दा पुग्दै मृत्यु भएको मृतकका बाबु बैठाले बताएका छन । फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकी नभएको कारण गाउँका सुत्केरी आमाहरु आफ्नो आफ्नो बाच्चा काखमा लिएर करिब तीन किलोमिटर टाढा सन्तपुर सवास्थ्य चौकिमा जाने बाध्यता रहेको छ। गर्मिको महिनामा सुत्केरि आमाहरु एक हातमा आफ्नो बाचा र एक हातमा छाता ओडेर जान्छ्न् ।
जाडोको महिनामा चिसो हुंदा आफ्नो बच्चा काखमा लिएर हिडेर जान्छ्न । गर्मी र जाडोमा कैयौंपटक यस्तो घटना दोहोरीदा पनि नगर प्रमुख गोपाल यादव तथा वडा अध्यक्ष हिरालाल यादवले गाउँमा स्वास्थ चौकि स्थापना गर्न कुनै ध्यान नदिएको गाउँलेहरुले गुनासो गर्दै आएका छन ।
पेटभर्वा र रामदाशी गाउँमा स्वास्थ चौकी र वर्थिङ सेन्टर नहुंदा गाउँलेहरु बर्षौदेखी सास्ती खेप्दै आएका छन् । यसको केही दिनअघि मात्र बृन्दाबन नगरपालिकामा मतदाता परिचयपत्र बनाउन एकजना आमाले २ बर्षिया छोरीलाई कांखिमा लिएर अबेरसम्म बसिरहेकाले चिसोले कठ्याङ्गरिएर उक्त बालिकाको ज्यान गएको थियो ।
