एनआरएनएमा महिलाहरुको उपस्थिती र आवाजलाई बलियो बनाउन भूमिका खेलेकी संगीता मरहठ्ठाले एनआरएनए आईसीसी महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन । २१ वर्ष अघि कामको सिलसिलामा बेलायत पुगेकी मरहठ्ठा सन २०११ देखी गैरआवासिय नेपाली संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी हुन ।
रुपान्तरण र समृद्धिलाई सँगसँगै अगाडि बढाउने विषयलाई आफ्ना प्रमुख एजेण्डा बनाएकी मरहठ्ठा रुपान्तरणको लागि प्रविधि पारदर्शिता र समावेशी एकता, समृद्धिको लागि ज्ञान, सीप र लगानीको प्रतिवद्धतालाई जोड दिएर उम्मेदवारी दिएकि छन ।
बिबिसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहठ्ठा उच्च शिक्षाको सिलसिलामा २१ बर्षअघि बेलायत आएकी हुन । पेशाले पत्रकार उनी बिभिन्न संचारमाध्यममा रहेर पत्रकारितामा संलग्न थिईन ।
बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहठ्ठाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन । लण्डनमा समाजसेवी र व्यवसायीको रुपमा स्थापित मरहठ्ठाले आफ्नो लेखनलाई पनि निरन्तरता दिईरहेकी छन । अहिले पनि नियमित रुपमा राष्ट्रिय मिडियाहरुमा आफ्ना लेखहरु छपाउंदै आएकी मरहठ्ठा
गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहंदै आएकी अभियन्ता हुन ।
मरहठ्ठा सन २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन । एनआरएनए युकेको महिला संयोजक हुँदा उनले एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात गराएकी थिईन । जसका बारेमा एनआरएनए बेलायतका अग्रज तथा सिंगो बेलायती नेपाली समुदाय परिचित रहेको छ ।
सो अभियान पछि बेलायतस्थित अरु नेपाली संघ संस्थाहरुमा महिलाहरुको सहभागीता र नारी दिवस मनाउने प्रचलन शुरु भएको थियो ।
गैर आवासीय नेपाली संघ युकेले सोही कार्यकालमा महिला दिवस कार्यक्रम मार्फत जुम्लाको मितेरी बर्थिङ्ग सेन्टर स्थापना गर्न आर्थिक सहयोग गरेको थियो । सन् २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए युकेको सचिवजस्तो महत्वपूर्ण भूमिकामा निर्वाचित उनले सो कार्यकालमा पनि नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटि डिनर लगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन । एनआरएनए युकेको इतिहासमा पहिलोपटक ”एनआरएन पत्र” नामक न्युजलेटरको शुरुवात पनि उनकै संयोजनमा भएको थियो ।
सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका समेत रहेकी थिईन । सो कार्यकालमा एनआरएनए सम्बन्धि समाचारहरु लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरुसँग सम्बन्ध बिस्तारमा उनको महत्वपूर्ण भुमिका रहेको थियो । आफ्नो कार्यकालमा भएका प्राय अधिकांश क्षेत्रीय सम्मेलन र विश्व सम्मेलन सन्चालन तथा समापनमा मरहठ्ठाको सहभागीता रहंदै आएको छ ।
सन २०१७ देखि २०१९ मा मरहट्टा युरोप क्षेत्रीय उपसंयोजक रहेकी थिईन भने अघिल्लो कार्यकालमा आईसिसि महिला संयोजकमा उपबिजेता भएकी थिईन ।