गायक तथा संगीतकार दिनेश गौतमको स्वर तथा संगीतमा नयाँ गीत ’चरी…’को भिडियो सार्वजनिक भएको छ।
सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक प्रसादको सुमधुर संगीतको जादु महसुस गर्न सकिन्छ । पुस्तक प्रसाद स्वयंम दिनेश गौतमको अर्को नाम हो । उनले संगीत दिइएको अथवा शब्दरचना गरेको खण्डमा पुस्तक प्रसाद लेख्ने गर्नुहुन्छ । गीतका एरेञ्जर भने उदयराज पौडेल रहेको हुन् ।
गीतमा मानिसको भावना पोख्ने रूपकका रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलको निर्देशन रहेको भिडियोमा गायक गौतम आँफैले अभिनय पनि गर्नुभएको हो । गीतको अडियो र भीडियो पक्ष दुवै बलियो छ ।
गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको गीतको भिडियोलाई अर्जुन तिवारीको छायांकन छ भने सोहन मानन्धरको सम्पादन रहेको छ ।गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकहरूलाई पनि गीत मन पर्नेमा विश्वस्त रहेको The True Khabar सॅग कुराकानीका क्रममा बताउनुभयो।
कार्यक्रममा अतिथीको रुपमा बरिष्ठ संगीतकार सुरेश अधिकारी र कवि तथा गीतकार श्रवण मुकारुङ हुनुहुन्थ्यो । उहॅाहरूले गीतको अडियो र भिडियो पक्षको मुक्तकण्ठले प्रशंसा गरे।
उक्त भीडियो हेर्न र गीत सुन्नलाई यहॅा क्लिक गर्नुहोला : https://youtu.be/KCcidl3QePA