परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण

Bythetruekhabar

६ आश्विन २०७८, बुधबार १०:०९ ६ आश्विन २०७८, बुधबार १०:०९ ६ आश्विन २०७८, बुधबार १०:०९ #bidhya devi bhandari, #narayan khadka, #politics

नेपाली कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। खड्का गएको प्रतिनिधि सभा निर्वाचनमा उदयपुर १ बाट निर्वाचित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना बितिसक्दा पनि अझै मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन् । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *