प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले खड्काको नियुक्तिबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ । राष्ट्रपति कार्यालयमा खड्काको सपथ अपरान्ह १ बजे हुने बताइएको छ । नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।