कांग्रेस पदाधिकारी बैठक बस्दै

Bythetruekhabar

६ आश्विन २०७८, बुधबार ०३:२४ ६ आश्विन २०७८, बुधबार ०३:२४ ६ आश्विन २०७८, बुधबार ०३:२४ #congress meeting, #congress meeting again, #sher bahadur deuwa

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।

मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *