अक्टुबर ७ सम्म न्यायिक हिरासतमा आर्यन, सामाजिक संजालमा चर्को बहस

Bythetruekhabar

२५ आश्विन २०७८, सोमबार १२:१३ २५ आश्विन २०७८, सोमबार १२:१३ २५ आश्विन २०७८, सोमबार १२:१३

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई शनिबार मध्यरातमा मुम्बइको एक क्रुज पार्टीबाट एनसीबीले पक्राउ गर्यो । क्रुजमा एक हजार भन्दा बढी मानिसहरु सहभागी थिए । तर, एनसीबीले छापा मारेर ८ जनालाई मात्र गिरफ्तार गरेको थियो । जसमा आर्यनको नाम सबैभन्दा बढी चर्चामा छ ।

भारतीय मिडियाका अनुसार, आर्यन यो पार्टीमा सहभागी हुने मुडमा थिएनन् । उनी, आफ्ना पिता साहरुख खानसँग ‘पठान’ नामक चलचित्रको सुटिङमा व्यस्त थिए । तर, आफ्ना एक नजिकका साथीले आग्रह गरेपछि आर्यन क्रुजमा पुगेका थिए । क्रुजमा सहभागी अन्य मानिसहरुलाई मेडिकल परिक्षण नै नगरी क्लिन चिट दिइएको तर आर्यनसहित ३ जनालाई मात्र कारवाही प्रक्रिया अगाडि बढाइएपछि एनसीबीको कारवाहीमा नै धेरैले आपत्ती जनाएका छन् । सामाजिक संजालमा अहिले यो बिषयमा चर्को बहस भईरहेको छ ।

मिडियाका अनुसार, क्रुजमा आर्यनको नाममा कुनै पनि कोठा बुक गरिएको थिएन । तर, आर्यन र अरबाज मर्चेन्टका लागि फरक–फरक कम्प्लिमेन्ट्री कोठा बनाइएको थियो । जब, आर्यन उक्त कोठामा जाँदै थिए, एनसीबीका अधिकारीले उनलाई भित्र प्रवेश गर्न दिएनन् । अधिकारीहरुले क्रुजमै आर्यन र अरबाजको तलासी लिएका थिए । आर्यनको साथबाट केही पनि नपाइएको मिडियामा उल्लेख छ । अरबाजको जुत्तामा भने चरसको पाउडर मिलेको थियो । एनसीबीका अधिकारीहरुले भारतीय मिडियालाई दिएको बयानमा आर्यन र अरबाज लगातार ड्रग तस्करहरुको सम्पर्कमा थिए ।

आर्यनलाई अक्टुबर ७ सम्म न्यायिक हिरासतमा राख्न एनसीबीलाई अदालतले आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *