डब्लुएमआरआर (WMRR)ले ‘प्रिजनर एसिस्टेन्स् नेपाल’ काठमण्डौको मानांगी गेटस्थित बाल आश्रममा सहयोग गरेका छन् । यही असोज २३ गते संस्थाले तेस्रो बार्षिक उत्सव अर्थात बडा दशैँको अवसरमा उक्त बाल आश्रमका बालबालिकालाई दशैँको लुगा, चप्पल वितरण गरेको हो ।
डब्लुएमआरआरको एडमिन प्यानलले ‘प्रिजनर एसिस्टेन्स् नेपाल’ बाल आश्रमका १४ जना बालबालिकालाई लुगा र चप्पल वितरण गर्नुका साथै दशैँको टिका समेत लगाएका छन् । दुई चार जना मेम्बरहरुको साथमा एडमिनहरु आफैले पकाएर सबैलाई एक छाक खाना पनि खुवाएका हुन् ।
‘बालबालिकाको साथमा टिका लगाएर चाड पर्वको समयमा उनीहरुको मुहारमा खुशी थप्न पाउँदा हामीलाई पनि खुशी लागेको छ ।’ सस्थाका एड्मिनहरु भन्नुहुन्छ । उहाहरुले थप्दै भन्नुभयो, ‘आगामी दिनहरुमा पनि निस्वार्थ भएर यस्तै सामाजिक कार्यक्रमहरु गर्दै जाने लक्ष्य लिएका छौ ।’ डब्लुएमआरआरको एड्मिन प्यानलमा योदीन अधिकारी, सक्तिम नेपाल, अनिषा ढकाल, दर्शन गिरी, नारायण न्यौपाने, तारा ढकाल र सिर्जना के.सी रहेका छन् ।
डब्लुएमआरआरको आगामी दिनहरु अझ गौरवमय बनोस !! द ट्रु खबरको तर्फबाट बधाई तथा सुभकामना !!