विनर्स सर्कल तास्मानियाको आयोजनामा र ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजको मूख्य प्रायोजनामा हुन् लागिरहेको ‘दशैँ धमाका म्युजिकल नाईट’को सम्पूर्ण तयारी पूरा भएको छ । सु-प्रसिद्ध गायक बादल प्रसाई होबर्टको ब्याण्ड ‘अर्थ’ डि.जे. अरुत्ला सहित विभिन्न स्थानिय कलाहरुको प्रत्यक्ष प्रस्तुति रहने छ । अष्ट्रेलिया कोभिडको महामारीको चपेटामा रहेका बेला निकै नै लामो समयपछि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
“नेपाल र नेपाली संस्कृतिको प्रबर्द्धन गर्दै हाम्रो दशैँ चाहना हो । बिदेशमा संघर्ष गरिरहेका नेपाली युवायुवतीहरुमा लुकेर रहेको प्रतिभालाई अगाडि लिएर आउने प्रयास गरेका छौ ।” विनरस सर्कल एडमिन साजन परियार बताउनु हुन्छ । “कोभिडका मापदण्ड अबलम्बन गर्दै होटलको ग्राण्ड चाव्सलरमा कार्यक्रम गर्न गईरहेका छौ । सायद यो नेपाली समूदायको पहिलो कार्यक्रम हो, यस स्थानमा ।” साजन परियार थप्नुहुन्छ ।
अहिले यस कार्यक्रमले तास्मानिया र अष्ट्रेलियाभरि सकारात्मक रूपमा चर्चा कमाईरहेको छ । युवाहरुको लागी काम गर्दै आईरहेको विनर्स सर्कलको तास्मानियामा भने पहिलो कार्यक्रम हो ।