प्याजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गरेको फेसन एण्ड मोडल अवार्डको पपुलर टाईटल अवार्ड (प्रोफेशन बेस) को उपाधी बाराको निजगढ ४ की सजना खतिवडाले जितेकी छिन् । राजधानी काठमाण्डौमा बुधबार सम्पन्न भएको अवार्ड वितरण कार्यक्रममा व्युटिसियन खतिवडाले उक्त उपाधी हासिल गरेकी हुन् ।
व्युटिसियन नेपाल २०२० की विजेता समेत रहेकी उनलाई राप्रपा केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहले ट्रफी वितरण गरेका हुन् । नेपालमा कला, साहित्य तथा मनोरंजन क्षेत्रको अधिकांश विधामा अवार्ड वितरण गरिएको थियो ।
अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरु रमेश उप्रेतीको समेत उपस्थिति रहेको थियो । समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाईनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तरराष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्ल्यामर फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट मोफसल, उत्कृष्ट किड्स, इन्टरनेशनल मोडल लगायतका विधामा अवार्ड वितरण गरिएको छ ।