आज ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइँदै

Byadmin

२५ जेष्ठ २०७८, मंगलवार ०८:२४ २५ जेष्ठ २०७८, मंगलवार ०८:२४ २५ जेष्ठ २०७८, मंगलवार ०८:२४

आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने अभियान सुरु भएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विहान १० बजेदेखि खोप लगाउन सुरु भएको छ । काठमाडौंमा विभिन्न वडाहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।

मंगलबार ६४ वर्ष उमेरका नागरिकलाई मात्र खोप लगाउने कार्यक्रम छ । खोप केन्द्रमा भीडभाड कम गर्न एउटा उमेरकालाई एकदिनमा मात्र लगाउने तालिका बनाइएको हो ।

जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।

यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *