नेकपा एमाले देवदह-५ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश डुम्रे अध्यक्ष रहेको २६ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा देवराज ढकाल ,सचिवमा रमेश पोख्रेल, सह सचीवमा तारा सुनार ,सहसचीवमा बाबुराम अर्याल साथै २६ सदस्य आज निर्वाचित गरेको छ भने ५ जना सदस्य पछि मनोनित गर्ने गरि सम्पन्न भएको छ ।
अधिवेशनले कातिक ९ गते सम्पन्न हुने नगर अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । देश भरी एकै पटक सम्पन्न अधिवेशनको पार्टी अध्यक्ष केपि ओलीले भर्चुअल माध्यमबाट उदघाटन गर्नु भएको थियो ।