कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

ByTHE TRUE KHABAR

७ पुष २०७८, बुधबार ०५:०० ७ पुष २०७८, बुधबार ०५:०० ७ पुष २०७८, बुधबार ०५:००

नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएका व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागि नेकपा( एमाले)‌‌‌‌‌‌‌‌सरकारमा हुदा ठुलै पहल गरेको। एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने जेष्ठ नागरिकहरुलाई उपचार, भुमिहिन गरिबहरुलाई सरकारले घर बनाउने खरका छाना विस्तापित गर्ने कार्य बेसाहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको हुलाकी राजमार्गको २० प्रतिशत काम गर्ना मात्रै बाकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए मंगलवार कृष्णनगरका बहादुरगंजमा आयोजित पाटी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्ना आएका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गको इतिहास बताई निर्माण कार्यको अवलोकन समेत गरेका थिए।
कृष्णानगर नगरपालिका ८ बहादुरगंजमा नेकपा (एमाले) पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अतिथि नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेश पुर्व मुख्यमन्त्री शंकर पोखरेल, नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट अतिथी केन्द्रिय सदस्य सुर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी,गंगा चौधरी, पशुपति दयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो।
नेकपा (एमाले) पार्टी प्रवेश कार्यक्रममा कृष्णानगर नगरपालिका वड़ा नं.३ नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित सगीर अहमद खां तथा
निर्वाचन क्षेत्र ३ का प्रत्येक आम निर्वाचनमा दोस्रो नम्बरमा हुने गरेका नेता मंगल प्रसाद गुप्ता लगायत जिल्लाको विभिन्न पार्टी बाट र अन्य गरी हजारौं कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छ्न् ।
पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न बहादुरग आइ रहेका पुर्व प्रधानमन्त्री ओलीको भव्य स्वागत नेकपा (एमाले) कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद वाग्ले आफ्नो नेतृत्वमा करिब सयौं मोटर साइकलको संख्यामा महराजगंजको बुटहानिया चोक देखि बाजागाजका साथ गर्दै कार्यक्रम स्थलमा पुगी मिर्जा राशिद बेगले आफ्नो सहकार्यमा अल्ताफ खां (मिनु), मनोज जयसवाल,जिब्राइल हलवाईको पुर्ण प्रयासमा सयौंको संख्यामा कार्यकर्ता प्रवेश गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *