एक गुटमा लागेपछि अर्को गुट कांग्रेस नै हैनन भन्ने निषेधकारी सोचले पार्टिलाई चारैतिरबाट क्षतबिक्षेत पारिरहेको छ।जबसम्म पार्टिलाई परिवार सोच्ने र Right Man Right Place लागु गर्ने सहज वातावरण बन्दैन, कांग्रेसमा अन्तरघार र आत्मघात जन्मिरहन्छ।
राजनितीमा कोहि कसैको दीर्घकालिन शत्रु हुदैन भन्ने कथन सम्बन्धित व्यक्ति आफु लाभको पदमा स्थापना हुने शर्तमा मात्रै लागु हुनेरहेछ।
राजनितीमा धोका खानु र चोट पाउनुले मान्छेलाई कठोर बनाउने रहेछ र मान्छेमा खतरनाक विष रोप्ने रहेछ।चाहे उ जुनसुकै हदसम्मको समझदार किन नहोस!
कांग्रेस भित्रको यो महारोगको अन्त्य कहिले, कसरी र कसले गर्नसक्छ..?
हामीले कारण र निवारण खोजि हाल्नु पर्ने भएको छ।गुट-उपगुटको युद्धले क्षमतावान मानिसहरु राजनितीको मुलधारबाट पाखा लागिनु र औसतभन्दा तल्लोस्तरका मान्छेको हातमा नेतृत्वको मूल बागडोर जानुले, राजनितीलाई परबाट नियालिरहेको पुस्तामा राजनितीप्रतिको वितृष्णा बढेर जान्छ।यसपछिको एउटा सिंगो पुस्ता राजनितीबाट बिमूख भयो भने राजनितीको दूर्गन्ध कसले सफा गर्छ?
जुन व्यथितीको जरो अहिलेको विकारल राजनितीले नेपाली माटोमा गाडेको छ यसलाई उखाल्ने साहश कसले गर्छ? राजनिती नसुध्रिने हो भने हाम्रा न्युनतम आधारभूत आवश्यकताको जिम्मा राज्यले कसरी लिन्छ?
यो देश अमेरिका, जापान, स्विजरलेण्ड जस्तो बिकसित कहिले बन्छ? कसले बनाउछ..??
हाम्रा सन्ततिहरु दुईछाक खाने जोहो गर्न अबरको खाडिमा जानुपर्ने नियतिको अन्त्य कहिले र कसरी हुन्छ?
वि पि ले भन्नु भएको जस्तो सुकिला-मुकिलाले पार्टिमा जालो लगाईसकेका छन, यसका विरुद्ध जमिनका कार्यकर्ताले वैचारिक संघर्ष नगरे राजनिती आम कार्यकर्ताको पहूचबाट बाहिर जान्छ र मुट्ठिभर नवधनाढ्यहरुको कब्जामा रहन्छ।
हामीले गहन भएर विचार विमर्श गर्ने बेला आईसकेको छ।अहिले हामी चुक्यौ भने धेरै नै ढिलो हुनेछ।हामी पछिको पुस्ता अझै बढि सुबिधाभोगी हुनेछन र विद्रोह गर्ने हिम्मत अथवा जरुरत उनिहरुमा पलाउने छैन!
त्यसैले उठौ, जागौ, परिवर्तनका लागि संगठित बनौ!
पार्टिलाई सिंगो परिवार बनाऔ!
जय नेपाल
🙏