गुल्मी जिल्लामा यो वर्ष धान उत्पादनमा कमी

ByTHE TRUE KHABAR

५ पुष २०७८, सोमबार ०४:०० ५ पुष २०७८, सोमबार ०४:०० ५ पुष २०७८, सोमबार ०४:००

गुल्मी जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको छ । जिल्लाभर लगाइएको धानबाली कृषि ज्ञानेन्द्र गुल्मीले दिएको तथ्यांक अनुसार जिल्लामा गतवर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी आएको हो । यश वर्ष ८ हजार ८ सय तीन क्षेत्रफलमा लगाइएको धान बालीमा २६ हजार १ सय ५७ मेट्रिकटन उत्पादन भएको गुल्मीका कृषि ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले बताउनुभएको हो ।

गतवर्ष भन्दा यस वर्ष ४ प्रतिशतले उत्पादनमा कमी आएको हो । धान क्षति भएका कृषकलाई अनुदान मापदण्ड स्यिकृति भएको छ ।राहत वितरणलाई स्थानीय तहलाई जिम्मेवारी दिइएको भण्डारीले बताउनुभयो । धान उत्पादन गर्न कृषि ज्ञान केन्द्रले उन्नत बीउ मुल बीउ कृषकलाई बिक्री गर्ने गरेको प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

जिल्लामा धान रोप्न १० हजार हेक्टर क्षेत्रफल जमिन मध्य झण्डै ९ हजार क्षेत्रफलमा वर्खे धान उत्पादन हुने गर्दछ । १ हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ ।हाल जिल्लाभर राम धान खुमलचार खुमल ६ खुमल १० हङ्सचार मकवानपुर १ खुमल ८ हर्दिनाथ अाँपजोडेल लामेजात लगाएतका धान त्यहाँका कृषकले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा वर्षभरिनै सिंचाइको ब्यबस्था रहेको छ भने ६ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा आम्सिक सिंचाइको बेवास्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *