नेपाली वेब सिरिज ‘प्रेज’ को टिजर सार्वजनिक भएको छ । लभ स्टोरी थ्रिलरमा आधारित ‘प्रेज’ को टिजर मंगलबार युट्युब च्यानल ‘दामी क्रियशन’ बाट सार्वजनिक गरिएको हो ।
उक्त सिरिजका निर्देशक नविन काफ्ले भन्नुहुन्छ, ‘अहिले जताततै हाँस्य सिरिजहरु मात्रै बन्ने गरेको पाइन्छ । त्यसैले हामीले दर्शकका लागी केही नयाँ र फरक कथा लिएर आएका छौ । सिरिज थ्रिलर प्रेम कथामा आधारित छ ।’ उहाँले फेरी थप्नुभयो, ‘युवा पुस्ता लक्षित यो सिरिज सबैको लोकप्रिय हुनेमा म विश्वस्त छु । हामीले सिरिजलाई उत्कृष्ट बनाउन कुनै कसुर छोडेका छैनौ ।’
अर्जुन खड्काको छायांकन र सम्पादन रहेको सिरिजमा अर्जुन कटुवाल, कविता गौतम, सोनी लगुन, मंजिता बस्नेत, निशा गिरी, भरत उपाध्याय, डिल्ली राम बटला, निरज मोक्तान, उत्तम अधिकारी, टेकराज खत्री, अशोक योञ्जन, किशोर बस्नेत लगायत अन्य कलाकारहरुको समेत अभिनय देख्न सकिनेछ । बिनोद श्रेष्ठ र रेगल गौतमको संयुक्त कथा लेखन रहेको सिरिज ‘प्रेज’ को निर्माता शोभा अधिकारी हुन् ।