सर्लाहीमा गौडेतहि नगरपालिका ४ रोहवमा गुडिरहेको गाडीबाट लडेर चालकको मृत्यु भएको छ । आइतबार राति करिब साडे ११ बजे ना ७ त ८६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको बृन्दाबन नगरपालिका ७ धमौरा घर भई हाल गौडेते नगरपालिका बस्ने १८ वर्षिय आसिरी मन्स्रिको मृत्यु भएको हो । ट्याक्टर चलाइरहेको बेला उनी लडेका थिए । ट्याक्टरबाट खसेर गम्भीर भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।