उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा

Bythetruekhabar

२० माघ २०७८, बिहीबार ०६:५९ २० माघ २०७८, बिहीबार ०६:५९ २० माघ २०७८, बिहीबार ०६:५९ #dr narayan khadka, #foreign minister narayan khadka, #narayan khadka, #narayan khadka pararastra mantree, #udayapur

परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएको हो ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ । परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यामिक बिद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका–९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउने क्रममा कालो झण्डा देखाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *