गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

Byadmin

२७ जेष्ठ २०७८, बिहीबार १६:४५ २७ जेष्ठ २०७८, बिहीबार १६:४५ २७ जेष्ठ २०७८, बिहीबार १६:४५

गुण्डा नाइकेको छवि बनाएका कांग्रेस नेता गणेश लामा बिहीबार पोखराबाट पक्राउ परेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौंबाट पोखरा आइपुगेको भन्दै प्रहरीले उनलाई लेकसाइडबाट नियन्त्रणमा लिएको जनाएको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा नगएपछि लामाले चलखेल गरेका आशंका छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *