विश्वकप छनोट: आज अन्तिम खेलमा नेपाल र अष्ट्रेलिया भिड्दै

Byadmin

२८ जेष्ठ २०७८, शुक्रबार ०२:३४ २८ जेष्ठ २०७८, शुक्रबार ०२:३४ २८ जेष्ठ २०७८, शुक्रबार ०२:३४
Nepal's national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

विश्वकप छनोट फुटबल अन्तरगर्त आज नेपालले अष्ट्रेलियासँग खेल्दै छ । विश्वकप तथा एसिया कप छनोटको अन्तिम खेलमा नेपाल र अष्ट्रेलियाको खेल कुवेत सिटीमा राति पौने १० बजे शुरु हुनेछ ।

समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५–० ले हराएको थियो ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल रोमाञ्चक हुने अनुमान रहेको छ।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ ।

पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *