सिड्नी ।। २ मे २०२२ ।।
अष्ट्रेलियाको सिड्नीमा मे १५ देखि क्याम युथ एसोसियसनको आयोजनामा क्याम प्रिमीयर लिग क्रिकेट प्रतियोगिता हुन गइरहेको छ । उक्त प्रतियोगितामा सिड्नीमा रहेका नेपाली क्रिकेट क्लबहरूको सहभागीता रहनेछ । यस लिगमा कुल १०-१२ टिमले सहभागी जनाउनेछन् । उक्त लिग नेपाली समुदायमा पहिलो डे–नाइट टि २० टुर्नामेन्ट हो । उक्त कार्यक्रमको पछिल्लो योजना अनुसार मे १ बाट सुरू हुने भनियता पनि विविध कारणवस प्रतियोगीतालाई १५ दिन पछि सारिएको हो ।
सिड्नीको होमबुसमा रहेको ब्रेसिंगटन पार्कमा रहेको मैदानमा खेल हुने आयोजक समितिले जनाएको छ । खेल तालिका र समय निश्चित भएपछि आगामी दिनहरूमा अवगत गराइनेछ । १ दिनमा जम्मा ३ खेल हुने बताइएको छ भने पहिलो दिन ओपनींग सेरेमोनी र एक मात्र खेल हुने समितीले प्रस्ट्याएको छ।
उक्त क्रिकेट प्रतियोगिताको मूख्य प्रायोजकमा किङ्स्टन इन्स्चिच्युट अष्ट्रेलिया रहेको छ । त्यसैगरी सिल्भर प्रायोजकतर्फ ‘सम्बन्ध नेपलिज फ्युजन’ रहेको छ भने औस्पाली जबस एण्ड इन्टरटेन्मेण्ट र विनर्स सर्कलको विशेष सहयोग रहेको छ ।
यस टुर्नामेन्टमा क्लबहरूलाई प्रवेश शुल्क १३०० अष्ट्रेलियन डलर प्रति क्लब तोकिएको छ । एक टिममा बढिमा १५ खेलाडी रहन्छन् भने प्लेयीगं इलेभेनमा २ गैर नेपाली पनि रहन सक्ने द ट्रु खबर सॅगको कुराकानीका क्रममा आयोजक समितिले जानकारी गराएको छ । प्रतियोगीतामा सहभागी हुन इच्छुक नेपाली क्लबहरूले ०४५०८८९०५३(0450889053) र०४२४३४४१३५ (0424344135) मा सम्पर्क गरि दर्ता प्रक्रिया अघि बढाउन सक्नेछन । यस प्रतियोगीताको मीडीया पार्टनरका रूपमा ‘द ट्रु खबर’ रहेको छ ।
प्रतियोगीताको विजयी टिमले पाँच हजार पाँच सय डलर नगद पुरष्कारका साथै मेडल, सर्टिफिकेट र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले दुई हजार डलर नगद, मेडल, सर्टिफिकेट र ट्रफी पाउनेछन् । म्यान अफ द टुर्नामेन्टले भने ५००$ नगद र ट्रफी प्राप्न गर्नेछ । ‘म्यान अफ द टुर्नामेन्ट’ को प्रायोजक सफल एजुकेशन एण्ड भीजा सर्भिसेज रहेको छ।
उक्त टुर्नामेन्टको मुख्य उदेश्य नेपाली समुदायमा सद्भाव, युवा वर्गहरूको क्रिकेटमा संलग्नता बढाउन, डिप्रेसन जस्ता समस्यालाईउन्मुलन गर्न का साथै भविष्यमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली युवा खेलाडीहरू पहिचान गर्ने रहेको क्याम युथ एशोसिएसनका अध्यक्ष मुस्कान पाण्डेको भनाई छ।
के हो त क्याम युथ एशोसिएसन ?
क्याम युथ एशोसिएसन २०१९ मा स्थापना भएको गैर नाफामुलक संस्था हो । यस संस्थाले अन्तराष्ट्रिय विद्यार्थीहरूका हक–हितकालागी काम गर्दै आइरहेको छ। यस संस्थाले एयरपोर्ट पिकअप, काम र कोठा खोज्न विद्यार्थीहरुको मदत गर्दै आइरहेको छ। यसले युवावर्गलाई खेलकुदतर्फ आकर्षित गर्न मुख्य भुमिका निर्वाह गरिरहेको छ। यसबाहेक यस संस्थाद्वारा २०१९ मा रबि लामिछाने फाउन्डेसनद्वारा निर्माणाधिन रासकोट सामुदायिक अस्पतालको निम्ती सहयोग रकम संकलन पनि गरेको थियो।