प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाको आयोजनामा क्रुज पार्टी हॅुदै ।

Bythetruekhabar

२३ बैशाख २०७९, शुक्रबार ०१:४२ २३ बैशाख २०७९, शुक्रबार ०१:४२ २३ बैशाख २०७९, शुक्रबार ०१:४२

सिड्नी

प्रवास अर्थात् बिदेशमा रहेका युवाहरूको साझा संगठन प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाले क्रुज पार्टी आयोजना गर्ने भएको छ ।

यही आऊदो मे २० शुक्रबार साँझ सिड्नीमा क्रुज पार्टीको आयोजना गर्न लागेको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर सिड्नीमा रहेका नेपाली समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागीएको हो ।

उक्त क्रुज पार्टिमा सिड्नीमा चर्चित गायक हरू द्वारा दोहोरी गीत, लाईभ म्युजिक, बिभिन्न प्रकारका नृत्य, युवा पुस्ता लाई मध्यनज़र गरी डिजे, बिभिन्न थरिका नेपाली खानाका प्रकारहरू, आदि संगै अन्य बिभिन्न कार्यक्रमहरू समेत समावेश रहेको आयोजकले बताएका छन । कार्यक्रममा प्रवेश शुल्क ७५ डलर रहेको छ भने नेपाल देखी भ्रमणमा आएका बुवा आमाको निम्ति ३५ डलर, ४-१६ वर्ष का उमेर लाई ३५ डलर र सो भंदा तल को उमेर समूहलाई निशुल्क प्रवेश गराइने रहेको छ । नेपाली कला संस्कृति अनी व्यस्त समय बिच पनी केही रमाइलो अनी नौलो अनुभव साटासाट गरने उद्देश्यले कार्यक्रम अझ रमाइलो हनेक बताईएको छ ।

आयोजक संस्था एवं प्रवासी नेपाली युवा मंचका अध्यक्ष अरुण गौतमले नेपाली समुदाय बिच बिगत लामो समय देखी बिदेशमा रही रहदा नेपाली संस्कृति लाई अझ व्यापक प्रचार अनी प्रवद्धन गर्ने, बिदेशी व्यस्त जीवन शैली लाई केही समयको लागी भएपनि रमाइलो अनी मनोरंजन गरेर समुदायमा रहेका नेपालीहरू बिचको पारिवारिक भेटघाट गर्नका निम्ति यस कार्यक्रमको आयोजना गरीएको बताए साथै कार्यक्रमलाई भव्य र सफल बनाउनका निमित्त अझै कसरी थप रमाइलो र व्यवस्थित गर्न सकिने कुरामा बिशेष ध्यान र गृहकार्य जारी रहेको बताए ।

उक्त कार्यक्रममा तीन सय (३००) जनाको उपस्थिति रहने बिश्वास गरीएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका निम्ति बिभिन्न उप-समितिहरू समेत गठन गरीएको छ जसमा प्रायोजक व्यवस्थापन, सांस्कृतिक बिभाग, टिकट व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, अतिथि सत्कार, खानाको व्यवस्थापन गरी उप-समितिहरू गठन गरीएको छ । युवा मंच न्यु साउथ वेल्स राज्यमा आवद्ध रहेका ५८ सदस्यीय राज्य समिति लाई पूर्ण रुपमा उचित जिम्मेवारी सहित परिचालन गरिने समेत बताईएको छ । सबै साथीहरू ले यस कार्यक्रमलाई व्यवस्थित गर्नका निम्ति आफ्नो स्थान बाट लागी परेको न्यु साउथ वेल्स राज्य संयोजक सरोज भण्डारीले बिश्वपाटीलाई बताए साथै यो कार्यक्रम मा उपस्थिति हुनका निम्ति सबै सिड्नी बासीहरूमा आह्वान समेत गरेका छन ।

प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाले यस अघी पनी रक्तदान कार्यक्रम, ८ वटै राज्यमा भेटघाट कार्यक्रम एवं बारबिक्यू कार्यक्रम, बिभिन्न कारणवश आर्थिक हिसाबले कमजोर अवस्था रहेका लाई सहयोग जस्ता बिभिन्न कार्यक्रमहरू गरिसकेको छ त्यस्तै आऊदो दिनमा समेत नेपाली समुदाय बिशेष गरी नव आगन्तुक बिद्यार्थी, युवा अनी हरेक समूहको लागी कार्यक्रमहरू गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *