पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सांसद गुरूङको माग

Bythetruekhabar

६ असार २०८१, बुधबार १७:३१ ६ असार २०८१, बुधबार १७:३१ ६ असार २०८१, बुधबार १७:३१ #Black money, #Dhanraj, #Note Bandi

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन्।

मुलुकमा आर्थिक सुशासन कायम गर्न सरकारले तत्काल पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने कांग्रेसका उपसभापतिसमेत रहेका गुरूङले बताए।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएका खण्डमा मुलुकका भ्रष्टाचार र राजश्व चुहावटसमेत नियन्त्रण हुने दाबी गरेका थिए।

‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु। आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब प्रतिबन्ध लगाएर जानुपर्छ।’

उनले यदि ती नोट प्रतिबन्ध लगाएका खण्डमा ८० प्रतिशत गैरकानूनी कारोबार रोकिने दाबी गरेका थिए।

‘८० प्रतिशत भ्रष्टाचार नियन्त्रण र राजस्व चुहावट नियन्त्रण हुन्छ,’ उनले भने, ‘अनि सिरानीमुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा र पानीमुनि भएका सबै पैसा बाहिर आउँछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *