बसन्तपुरबाट पक्राउ परेका बालेनका समर्थकलाई रिहा गरिँदै

Bythetruekhabar

१ आश्विन २०८१, मंगलवार १७:३० १ आश्विन २०८१, मंगलवार १७:३० १ आश्विन २०८१, मंगलवार १७:३० #Balen supporter at Indra jatra

काठमाडौँ । बसन्तपुरबाट पक्राउ परेका बालेन शाहका समर्थकलाई रिहा गरिँदै छ । इन्द्रजात्रामा काठमाडौँका मेयर बालेन शाहको समर्थनमा ‘बालेन सिटी’ लेखेको टिसर्ट लगाएका उनीहरूसँग स्थानीयले विवाद गरेका हुन् ।

विवाद सुरु भएपछि उनीहरूलाई आक्रमण हुनबाट जोगाउन प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखेको उपत्यका प्रहरी कार्यालयका एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘उनीहरूलाई रिहा गर्नेबारे काठमाडौँका एसएसपीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर निर्णय लिन्छन् ।’

इन्द्रजात्रा समारोह स्थलबाट नियन्त्रणमा लिइएका १४ जनालाई प्रहरीले ‘जिम्मा जामानी’मा रिहा गर्ने भएको छ । एआईजी बज्राचार्य भन्छिन्, ‘प्रक्रिया पुरा गरेर रिहा गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *