काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई पार्टी प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ ।
प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको हस्ताक्षरमा आइतबार उनलाई स्पष्टीकरण सोधिएको हो ।
उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको र सो बमोजिम चित्तबुझ्दो स्पष्टीकरण नदिएमा विधान बमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ । उनी आजै अनुसन्धानका लागि पक्राउ समेत परिसकेका छन् ।