गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु

Bythetruekhabar

२४ मंसिर २०८१, सोमबार १२:५७ २४ मंसिर २०८१, सोमबार १२:५७ २४ मंसिर २०८१, सोमबार १२:५७ #The splendor of the Gadhimai fair

सिमरा- बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा सोमबार पशुबलि दिइएको छ ।

आइतबारदेखि मेलामा बोका र राँगासहितको पशुबलि दिन थालिएको हो । अहिले आफ्नो भाकलअनुसारको बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो लागेको छ।

गढीमाई क्षेत्रलाई रंगीचंगी सजावटले चिटिक्क पारिएको छ । विभिन्न प्रदर्शनी, खेल, तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् ।

यस क्षेत्रका सर्वसाधारणले गढीमाईको मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । अहिले गढीमाई मन्दिर परिसर भक्तजनले भरिभराउ भएको छ।

शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश-विदेशका दर्शनार्थी मेला भर्न आउने गरेका छन् । त्यहीकारण गढीमाईको ख्याति फराकिलो बन्दै गएको छ।

यसक्रममा मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।

यसैगरि मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *