‘एक्टर’ ४ माघबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई तीव्र बनाएको छ । यस्तैमा निर्माण युनिटले फिल्मको ‘चिरी च्याट्ट बरिलै’ गीत सार्वजनिक गरेको छ । रोमान्टिक शैलीको गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट् थापाको सङ्गीत छ । गीत फिल्मका कलाकार प्रिन्स थापा र कविता नेपाली माथि फिचर्ड गरिएको छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण फिल्म हो । फिल्मका निर्माता मनोहरि थापा हुन् ।फिल्ममा प्रिन्स र कविताको अलवा शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिवु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ । सम्राट् थापाको कथा तथा सङ्गीत रहेको फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाङ्कन छ । फिल्मको निर्देशन मदन घिमिरेले गरेका हुन् ।