निजी मात्रै होइन अब सार्वजनिक यातायातमा पनि विद्युतीय साधनको माग बढ्न थालेको छ।

जिप, कार र भ्यानसँगै क्रमशः ठूला सवारी साधन (माइक्रो, बस तथा हायस) को प्रयोग पनि विद्युतीय हुन थालेको छ।

गत साता मात्रै सामाखुसी यातायात प्रालिले २० वटा विद्युतीय माइक्रो बस गुडाउन सुरू गरेको थियो। सामाखुसी यातायात प्रालि सार्वजनिक सवारीमा ठूलो लगानी गर्ने कम्पनीहरूमध्ये पर्छ जसले डेढ सयभन्दा बढी बस तथा माइक्रो बसहरू सञ्चालन गरेको छ।

‘मेरो मुख्य लगानी नै सार्वजनिक यातायात हो, २०५७ देखि नै साना ठूला गाडीहरू सञ्चालन गरेको छु, अब क्रमशः पेट्रोलियम गाडीलाई विद्युतीय गाडीले विस्थापित गर्ने सोच छ,’ प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले भने।

विशेषगरी काठमाडौं उपत्यकामा सरकारको नीति र लगानीकर्ताको आकर्षणको कारणले पनि सार्वजनिक यातायातमा क्रमशः विद्युतीय गाडीको प्रयोग बढ्दो छ। काठमाडौंमा सार्वजनिक यातायात २० वर्ष पुरानो चलाउन पाइँदैन। नयाँ गाडी (माइक्रो) को लागि भने रुट परमिट लिन विद्युतीय नै हुनुपर्छ।

यातायात कार्यालय एकान्तकुनाको तथ्यांक अनुसार अहिले काठमाडौंमा मात्रै साढे दुई सय विद्युतीय गाडीले रुट परमिट लिएर निरन्तर चलिरहेका छन्। काठमाडौंबाट सञ्चालन हुने १४ वटा रुटमा अहिले विद्युतीय माइक्रोबसहरू सञ्चालन भइरहेको छ।

कुन रुटमा कति विद्युतीय गाडी

सबैभन्दा धेरै यातायात राष्ट्रिय माइक्रो प्रालिले सञ्चालन गरिरहेको छ। जसको लगानीकर्ता व्यवसायी नरबहादुर श्रेष्ठ हुन्।

उनले एउटै रुटमा ४९ वटा विद्युतीय माइक्रो बस सञ्चालन गर्दै आएका छन्।

यी विद्युतीय माइक्रो भिमढुंगा–गोदामथोक–स्युचाटार–इचंगु–आदेश्वर–रामकोट–डाडाँपौवा–थापागाउँ–सितापाइला–कलंकी–कालीमाटी–त्रिपुरेश्वर–स्वयम्भू–भगवानपाउ–अजिमाहल–विजयश्वरी–शोभाभगवती–डल्लु–ढल्को– टाउनप्लानिङ–सोह्रखुट्टे–ठमेल–लैनचौर–जमल–पुरानोबसपार्क–सहिदगेट–एनएससीको रुटमा चलेका छन्।

कीर्तिपुर–बल्खु–कलंकी–स्वयम्भू–बालाजु–नारायणगोपाल चोक–टिचिङ–जमल–रत्नपार्क–एनएसी हुँदै सोही रुट फिर्ता।

भिमढुंगा–रामकोट–सितापाइला रुटमा गरी १३ वटा विद्युतीय गाडी सञ्चालन भएका छन्। माउन्ट एभरेस्ट प्रालिले २५ वटा विद्युतीय गाडीको सञ्चालन गरे पनि यो रुटमा १३ वटा चलाउँदै आएको छ।

मुहानपोखरी–नारायणस्थान–टोखा–धापासी–ग्रिनल्याण्ड–बालाजु–नेपालटार–माछापोखरी–गाेंगबु–सामाखुसी–बसुन्धरा–नारायणगोपाल चोक–टिचिङ–पानीपोखरी–लाजिमपाट–लौनचौर–जमल–शहिदगेट–एनएसी रुटमा २७ वटा विद्युतीय माइक्रो चलेका छन्।

बसुन्धारा यातायात प्रालिले यो रुटमा सबैभन्दा पहिले विद्युतीय गाडी सञ्चालन गर्न सुरू गरेको थियो।

चुनिखेल–भंगाल–कपन–गोल्फुटार–चप्पल कारखाना–चाबहिल–नयाँबस्ती–गौशला–कालोपुल–बागबजार–एनएसी–रत्नपार्क–जमल–दरबारमार्ग–भाटभटेनी–धुम्बाराही–गोपिकृष्ण हुँदै सोही रुटमा कपन माइक्रो कम्पनी र संयुक्त यातायात प्रालिले विद्युतीय माइक्रो सञ्चालन गरेका छन्।

यो रुटमा २३ वटा विद्युतीय गाडी चलेका छन्।

गोकर्ण–चाबहिल–महाराजगञ्ज–बालाजु–स्वयम्भू–ढुङ्गेअड्डा रुटमा १२ वटा विद्युतीय माइक्रो सञ्चालनमा छन्।

शोभाभगवती–डल्लु–कालीमाटी–बल्खु–एकान्तकुना–जावलाखेल–लगनखेल–ग्वार्को–कोटेश्वर–सिनामंगल–पुरानोबानेश्वर–मैतिदेवी–डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–सुन्धरा–एनएसी–जमल–लैनचौर–ठमेल–सोह्रखुट्टे–नयाँ बजार रुटमा १५ वटा विद्युतीय माइक्रो सञ्चालन भइरहेका छन्।

यो रुटमा विशेषगरी ग्यास ट्याम्पुहरू सञ्चालन हुने गरेका थिए। यहाँ ६० वटा विद्युतीय माइक्रो सञ्चालन गर्ने तयारी गरेको छ।

मूलपानी–जोरपाटी–चाबहिल–गौशाला–मैतिदेवी–डिल्लीबजार–बागबजार–शहिदगेट–एनएसी–जमल–कमलादी–ज्ञानेश्वर–मैतिदेवी रुटमा पनि केही विद्युतीय माइक्रो सञ्चालन गरिएको छ। यो रुटमा जोरपाटी माइक्रो प्रालिले ८ वटा यस्ता साधन सञ्चालन गरिरहेको छ।

तिलगंगा–गौशला–चाबहिल–नारायणगोपाल चोक–टिचिङ–लाजिम्पाट–जमल–रत्नपार्क–शहिदगेट–त्रिपुरेश्वर–कालीमाटी–कलंकी–एलआरआई स्कुल–पुरानो नैकाव–खहरे–पिपलामोड हुँदै सोही रुटमा १४ वटा गाडी सञ्चालन भएका छन्। राजन बिजुली यातायातले प्रालिले यो रुटमा बिजुली गाडी सञ्चालन गरिरहेको छ।

मैत्रीनगर–कलंकी–कालीमाटी–त्रिपुरेश्वर–एनएसी–रत्नपार्क–शहिदगेट हुँदै सोही रुटमा १४ वटा विद्युतीय माइक्रो सञ्चालन गरिएको छ। यो रुटमा बालाजु यातायात प्रालिले १४ वटा विद्युतीय माइक्रो सञ्चालन गरेको छ।

साँखु–थली–जोरपाटी–बौद्ध–चाबहिल–गौशाला–रातोपुल–कमलपोखरी–पुतलीसडक–बागबजार–रत्नपार्क–पुरानो बसपार्क–शहिदगेट–एनएसी हुँदै मूलपानी चौरसम्मको रुटमा अहिले ५० वटा माइक्रो सञ्चालन भए पनि विद्युतीय माइक्रो भने ६ वटा मात्रै सञ्चालन भएका छन्।

साँखु–थली–जोरपाटी–बौद्ध–चाबहिल–पुरानोबसपार्क–शहिदगेट–एनएसी–रत्नपार्क–ठमेल–लेखनाथमार्ग–दुरसंचार–नयाँ बसपार्क–दिप ज्योति स्कुल–गाेगंबु–गणेशस्थान–सामाखुशीचोक साहन्साह–खरीबोट–ग्रीन ल्याण्ड–टोखा–झोर–टोखा–डोमान–बानियाटार–साङला–मनमैजु–सामाखुसीसम्मको रुटमा गत साताबाट मात्रै विद्युतीय गाडी सञ्चालनमा आएका छन्।

यो रुटमा सामाखुसी यातायात प्रालिले २० वटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ। रुट परमिट लिने प्रक्रिया रहेका अझै ५० भन्दा बढी गाडी रहेको यातायात व्यवसायीहरूको भनाइ छ।

लगनखेल–जावलाखेल–पुलचोक–हरिहरभवन–कुपण्डोल–थापाथली–सिंहदरबार–शहिदगेट–रत्नपार्कसम्मको रुटमा पाँच वटा विद्युतीय गाडी सञ्चालन भएको छ। उपत्यका यातायात प्रालिले यी गाडी सञ्चालन गरेको छ।

सानागाउँ–इमाडोल–ग्वार्को–मंगलबजार–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–शहिदगेट–एनएसी–रत्नपार्क हुँदै सोही रुटमा केही विद्युतीय गाडी सञ्चालन भएका छन्। त्यस्तै बुढानिलकन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *