शाहिद र तृप्तिको पहिलो पटक स्क्रिन सेयरमा एक्सन फिल्म

Bythetruekhabar

३ पुष २०८१, बुधबार १६:२० ३ पुष २०८१, बुधबार १६:२० ३ पुष २०८१, बुधबार १६:२० #तृप्ति डिमरी, #शाहिद कपूर

बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ति डिमरी एक्सन फिल्ममा देखिने भएका छन्। यस फिल्ममार्फत शाहिद र तृप्तिले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। यो फिल्मको छायांकन ६ जनावरीबाट सुरू हुनेछ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म ५ डिसेम्बर २०२५ मा प्रदर्शन हुनेछ। तर फिल्मको नाम अझै तय गरिएको छैन। साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्ममा शाहिद र तृप्तिसँगै नाना पाटेकर र रणदीप हुड्डाको पनि अभिनय रहनेछ। शाहिदले पछिल्लो समय ‘बल्डी ड्याडी’ मा एक्सन गरेका थिए। तर यो फिल्म ओटिटीमा मात्रै सिमित भएको थियो। अब उनी ठूलो पर्दा एक्सन गर्ने तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *